तराईमा हावाहुरीको सम्भावना/आज कहाँ कहाँ पर्छ पानी ?

१३ जेठ, काठमाण्डौ ।
हाल नेपालमा सक्रिय रहेको पश्चिमी निम्न चापीय प्रणाली साथै स्थानीय वायुको प्रभावका कारण आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रुजन लामिछानेका अनुसार, तराईका थोरै स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ । तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन उनले आग्रह पनि गरे । राति पनि पहाडका केही स्थान र तराईका थोरै स्थानमा हल्का वर्षा हुने गणितीय पूर्वानुमान छ ।

Advertisement

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ । उक्त वायुका कारण बितेको साता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ । यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

सम्बन्धित समाचार

Scroll to Top