भारतले ७५ रुपैयाँको सिक्का जारी गर्दै

१३ जेठ, एजेन्सी ।
भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ । आइतबार मे २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतको अर्थ मन्त्रालयले बिहीबार नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो ।

उक्त सिक्कामा ’संसद् परिसर’ लेखिएको छ र यो नयाँ संसद् भवनको तस्बिर पनि रहेको बताइएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सिक्का गोलाकार आकारको हुनेछ । यसको व्यास ४४ मिलिमिटर हुनेछ । सिक्कामा ५० प्रतिशत चाँदी, ४० प्रतिशत तामा, पाँच प्रतिशत निकेल र पाँच प्रतिशत जस्ता मिश्रित धातु हुनेछ ।सिक्काको पछाडिपट्टिको मध्यभागमा अशोक स्तम्भको सिंहको क्यापिटलमा सत्यमेव जयते लेखिएको छ ।

सिक्काको बायाँ परिधिमा देवनागरी लिपिमा भारत र अंग्रेजीमा इन्डिया लेखिएको हुनेछ । नयाँ संसद् भवनको उद्घाटन समारोहमा करिब २५ राजनीतिक दलको सहभागिता रहने अनुमान गरिएको छ, भने कम्तीमा २० विपक्षी दलले उक्त कार्यक्रम बहिस्कार गर्ने बताइएको छ । भारतको नयाँ संसद् भवनमा लोकसभाका ८८८ र राज्यसभाका ३८४ सदस्यका लागि ठाउँ हुनेछ ।

Advertisement

नयाँ भवन ६४ हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । नयाँ संसद् निर्माणको टेण्डर टाटा समूहले जितेको थियो। सेन्ट्रल भिस्टाको आधिकारिक वेबसाइटका अनुसार परियोजनाको प्रारम्भिक लागत ८६२ करोड भारतीय रुपैयाँ थियो । २०२१ मा लोकसभामा भारत सरकारले दिएको जवाफमा यो परियोजनाको अनुमानित लागत ९७१ करोड रुपैयाँ पुगेको थियो ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top