Nepal Times
Nepal Times
3
Shares

बेंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज २५ मिनेटमै काठमाडौं फर्कियो

बेंग्लोरका लागि उडेको  नेपाल एयरलाइन्सको जहाज २५ मिनेटमै काठमाडौं फर्कियो

१३ जेठ, काठमाण्डौ ।
शनिवार दिउँसो काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज २५ मिनेटमै पुनः काठमाडौं नै फर्किएको छ । उडान भरेको २५ मिनेटमै सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए । ’एक सय ५६ जना सवार जहाज सकुशल अवतरण भइसकेको छ । जहाजमा चरा ठोकिएको अनुमानित रिपोर्ट आएको छ ।

अहिले भएको के हो भन्ने विषयमा निरीक्षण र परीक्षण सुरु भइसकेको छ,’ प्रवक्ता सिटौलाले भने । उनका अनुसार यो जहाज १ः४५ बजे उडान गरेको थियो भने २ः१० मा अवतरण गरिएको हो । जहाजले ४० माइल पार गरेपछि समस्या आएको उनले जानकारी दिए ।

यतिबेला समस्याबारे जाँच भइरहेको छ । यसअघि फ्लाइ दुबइको विमानमा विवादित बन्न पुगेको थियो । विमानमा चरा ठोक्किएको वा नठोक्किएको भन्ने विवाद निरुपण भइसकेको छैन ।

सुरुमा चरा ठोक्किएकाले ल्यान्ड गर्न प्रयास गरेको भए पनि पछि दुवई उडान जारी राखेको थियो । पाइलटले चरा ठोक्किएको बताए पनि नेपाल एयरलाइन्सको विमानमा साँच्चै चरा ठोक्किएको हो या होइन अनुसन्धानपछि थाहा हुने सिटौलाले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.