Nepal Times
Nepal Times
216
Shares

भारतले ७५ रुपैयाँको सिक्का जारी गर्दै

भारतले ७५ रुपैयाँको सिक्का जारी गर्दै

१३ जेठ, एजेन्सी ।
भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ । आइतबार मे २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतको अर्थ मन्त्रालयले बिहीबार नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो ।

उक्त सिक्कामा ’संसद् परिसर’ लेखिएको छ र यो नयाँ संसद् भवनको तस्बिर पनि रहेको बताइएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सिक्का गोलाकार आकारको हुनेछ । यसको व्यास ४४ मिलिमिटर हुनेछ । सिक्कामा ५० प्रतिशत चाँदी, ४० प्रतिशत तामा, पाँच प्रतिशत निकेल र पाँच प्रतिशत जस्ता मिश्रित धातु हुनेछ ।सिक्काको पछाडिपट्टिको मध्यभागमा अशोक स्तम्भको सिंहको क्यापिटलमा सत्यमेव जयते लेखिएको छ ।

सिक्काको बायाँ परिधिमा देवनागरी लिपिमा भारत र अंग्रेजीमा इन्डिया लेखिएको हुनेछ । नयाँ संसद् भवनको उद्घाटन समारोहमा करिब २५ राजनीतिक दलको सहभागिता रहने अनुमान गरिएको छ, भने कम्तीमा २० विपक्षी दलले उक्त कार्यक्रम बहिस्कार गर्ने बताइएको छ । भारतको नयाँ संसद् भवनमा लोकसभाका ८८८ र राज्यसभाका ३८४ सदस्यका लागि ठाउँ हुनेछ ।

नयाँ भवन ६४ हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । नयाँ संसद् निर्माणको टेण्डर टाटा समूहले जितेको थियो। सेन्ट्रल भिस्टाको आधिकारिक वेबसाइटका अनुसार परियोजनाको प्रारम्भिक लागत ८६२ करोड भारतीय रुपैयाँ थियो । २०२१ मा लोकसभामा भारत सरकारले दिएको जवाफमा यो परियोजनाको अनुमानित लागत ९७१ करोड रुपैयाँ पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.