मिस नेपाल श्रीच्छा प्रधान को हुन् ?

१४ जेठ, काठमाण्डौ ।
मिस नेपाल वर्ल्ड २०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्÷सासाइन्स मा स्नातक छिन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

२३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत हात पारिन् । मिस नेपाल वर्ल्ड २०२३ प्रधानले करुणाको महसुस गर्न सबैलाई आग्रह गरेकी छन् । ताज जितेपछि ठूलो उत्तरदायित्व आफूमाथि भएको बताउँदै उनले आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद समेत दिएकी छन् ।

Advertisement

सहविधाहरुमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीच्छा प्रधान, वुमन विथ द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए।

समारोहमा अभया सुब्बाले एकल गायन प्रस्तुत गरेकी थिइन् भने अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत भएको थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेका ११ जना निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वर्ल्ड –२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी थिए ।

Advertisement

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी आयोजना गर्ने गर्दछ । यस वर्ष नयाँ मिस नेपाल आए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा भने मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने भएको छ । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता दुबईमा हुने भनिए पनि अहिले अनिश्चितकालका लागि रोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top