×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

अन्तरिक्षबाट कसको जासुसी गर्दैछन् किम ?

१६ जेष्ठ २०८०

१६ जेठ, एजेन्सी ।
उत्तर कोरियाले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेको छ । आगामी जुन महिनामा उत्तरले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेपछि अमेरिका र दक्षिण कोरिया सजग बनेका छन् । पछिल्ला दिनहरूमा अमेरिका र दक्षिण कोरियाका सेनाले उत्तर कोरियाली सीमा क्षेत्रमा संयुक्त युद्ध अभ्यास गरिरहेका छन् ।

उत्तरका सर्वोच्च नेता किम जोङ उनले यी दुई राष्ट्रको युद्ध अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको प्रशिक्षण र योजना भनिरहेका छन् । हाल उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई तीव्रता दिइरहेको छ भने यी दुई राष्ट्रबाट उत्पन्न हुने खतराको निगरानी गर्न भन्दै उसले जासुसी भूउपग्रह प्रक्षेपण तयारी पनि गरिरहेको हो ।

Advertisement
Advertisement

उत्तर कोरियाले जुन महिनामा जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्ने बताएसँगै अमेरिका र दक्षिण कोरिया सजग बनेको अवस्था छ । मंगलबार मात्र दक्षिण कोरियाले अमेरिका र आफ्नो गुप्तचर विभागले उत्तर कोरियाली जासुसी भूउपग्रहको विषयमा चनाखो भएर नजिकैबाट निगरानी गरिरहेको बताएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा त्यहाँका जोइन्ट चिफ अफ स्टाफ हान सङ–क्युनले भनेका छन्, ‘दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले उत्तर कोरियाली गतिविधि नजिकबाट हेरिरहेका छन् र उत्तर कोरियाले दाबी गरेको तथाकथित भूउपग्रहहरूको सम्भावित उत्तेजनाको निगरानी पनि गरिरहेका छन् । सोमबार मात्र उत्तर कोरियाले भूउपग्रहको नाममा क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको आरोप लगाएको थियो ।

Advertisement

आफ्ना भूमिवरपर ती क्षेप्यास्त्रहरू आएको खण्डमा त्यसलाई आफूले नष्ट गरिदिने पनि जापानको भनाइ छ । जापानी मन्त्रिपरिषद्का मुख्यसचिव हिरोकाजु मात्सुनोले उत्तर कोरियाली क्षेप्यास्त्र कार्यक्रमले जापानलाई असुरक्षा महसुस भएको र आफूहरूले उनीहरूको क्षेप्यास्त्रलाई नष्ट गर्न प्याक–३ मिसाइल प्रणाली तैनाथ गर्न लागेको बताएका थिए । उत्तर कोरियाले धेरैजसो क्षेप्यास्त्र परीक्षण समुद्रमा गर्ने गरेको छ । ती समुद्र भने जापान र दक्षिण कोरिया वरपर पर्छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top