क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन

१६ जेठ ८०, मंगलबार
Share this
731shares

१६ जेठ ,काठमाडौँ ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज पनि फैसला दिन सकेन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।

Advertisement

न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने भएको छ ।मुद्दा लम्बिएपछि सन्दीप लामिछाने नेपाली क्रिकेट टोली सहभागी हुने प्रतियोगिताका लागि तत्काल दक्षिण अफ्रिका जान नपाउने भएका छन् ।

नेपाली टोली करिब डेढ महिना लामो खेल तालिका अन्तर्गत दक्षिण अफ्रिका जाँदैछ ।सन्दीपका वकिल अधिवक्ता मुरारी शर्माका अनुसार मुद्दा प्रक्रिया लम्बिएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा सम्मिलित भएर दक्षिण अफ्रिका जान समस्या हुने भएको छ ।फैसलाको चरणमा रहेको भनिएको मुद्दा पछिल्लो समय विभिन्न कारणले लम्बिँदै गएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top