Nepal Times
Nepal Times
3
Shares

नेप्सेमा आज ५३ अंकको गिरावट

नेप्सेमा आज ५३ अंकको गिरावट

१६ जेठ ,काठमाडौँ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो।तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।

नेगेटिभ मार्केटकाबीच पनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य ९.२६ प्रतिशतले घट्न पुगेको छ । सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.