भारत लैजाँदै गरेका दुई सय महिला तथा बालबालिको उद्धार

बैतडी, भदौ २०
पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए ।

आर्थिक वर्ष २०७२÷७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३÷७४ मा २४ महिला र ४० बालबालिसहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४÷७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताए ।

Advertisement

आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् । “विद्यालको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्,” इन्चार्ज पालले भने, “भारतमा बेचविखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौँ ।” पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । “चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका छन्,” उनले भने । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउँछन् । “घरपरिवारको स्वीकृति लिएर भारत जानेको सङ्ख्या कमै छ,” उनले भने, “कतिपय किशोरकिशोरी भागेर विवाह गर्न तथा भारतमा लुकेर बस्नसमेत जाने गरेका छन् ।” उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ बुझाइ जिल्ला प्रहरी कार्यालयले उनीहरुको अभिभावकको जिम्मा लगाउने गरेको छ । सिमानाका झुलाघाटबाट उद्घार गरिनेमा बैतडी बाहेक डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी, कालिकोट, हुम्ला, मुगुलगायत जिल्लाका बालबालिका र किशोरकिशोरी रहेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top