मोउरिन्होद्धारा जेल सजाय स्वीकार

२० भदौ ७५, बुधबार
Share this
780shares

एजेन्सी,भदौ २०
पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् ।उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३÷३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।

Advertisement

कर छलिको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको छ ।स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा सन् २०११ मा तस्बिर अधिकार सम्बन्धि कम्पनिको कमाई लुकाएको आरोप लागेको थियो ।

ईएल मुन्डो रिपोर्टका अनुसार केही दिनमा यसबारे अदालतमा वकालत हुने बताईएको छ । सन् २०११ र २०१२ मा क्र छली शुल्कमाथि मोउरिन्होसँग एक सम्झौता गरेको थियो ।

Advertisement

पछिल्लो बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले केहि जवाफ दिएको छैन । मैले बहस पनि गरेको छैन । मैले राज्यलाई आवश्यक जरिवाना भुक्तान गरेको छु र हस्तारक्षर गरेको छु । केश बन्द भएको छ ।’

स्पेनिस अदातले बार्सिलोनाका लिओनल मेस्सी र पूर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि यसै सम्बन्धमा रहेर कर छलिको आरोप लगाएको थियो । दुवै खेलाडीको केस पनि यसैअनुसार समाप्त भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top