काठमाडौंका सडकमा व्यापार गरे ठाँउको ठाँउ जरिवाना

२० जेठ ८०, आइतबार

२१ जेठ, काठमाडौं ।
कानुन कार्यान्वयनमा निर्मम ढंगले प्रस्तुत हुदै आएको काठमाडौं महानगरले सडक पेटी अवरोध गरि बिक्रीका लागि राखिएका विभिन्न सामग्री जफत गरी जरिवाना तिराएको छ । महानगरको प्रहरी बलले असन डबलीमा राखिएका पूजा सामग्री हटाएको छ ।

Advertisement

डबली सबैको साझा सम्पत्ति भएको भन्दै यो सधै खुला रहनु पर्ने महानगरले जनाएको छ । यस्तै काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय महानगर प्रहरी बलले का.म.पा वडा नं.२८ पुतलीसडकमा सडक पेटी अबरोध गरि राखिएको कुर्सी,म्याट जफत गरि अकबरे झोल म;म संचालक कमल बम्जनलाई ५ हजार जरिवाना समेत गरेको छ ।

मेयरमा निर्वाचित भएलगत्तै बालेन शाहले काठमाडौंका फुटपाथ खुला गर्ने अभियान चलाएका थिए । निश्चित समय दिएर फुटपाथ खाली गराउन भनेपनि अटेर गरेपछि विभिन्न स्थानमा महानगरको टोलीले बल प्रयोग गर्नुपरेको थियो ।

Advertisement

महानगरले सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु समेत डोजर लगाएर हटाएको छ । महानगरको यो कदमको प्रशंसा सँगै आलोचना पनि भएपनि मेयर बालेन शाह कानुन कार्यान्वयन गर्ने आफ्ना हरेक अभियानबाट पछि हटेका छैनन् । केही दिन अघि मात्रै काठमाडौं महानगरले अनुमति विना विज्ञापन गरेको भन्दै बहुराष्ट्रिय कम्पनी कोकाकोलालाई जरिवाना गरेको थियो ।

मेयर बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय महानगर प्रहरी बलले राजधानी बोट्लर्स नेपाल लिमिटेडलाई काठमाडौ महानगरपालिका वडा नं.१६ बालाजु चोकमा स्वीकृति नलिई कोकाकोलाको बिज्ञापन गरे बापत जरिवाना हटाउने समय समेत दिइ ५ हजार जरिवाना गरेको थियो ।

Advertisement

यसअघि महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको थियो । विज्ञापन प्रचारप्रसारलाई कानूनी दायरामा ल्याउन प्रयासरत महानगरले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई जरिवाना तिराएर छोडिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top