‘लू’को जोखिम भएका जिल्लाहरु यस्ता छन्

२५ जेठ, काठमाण्डौ ।
देशका विभिन्न जिल्लामा ‘लू’को जोखिममा रहेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने भन्दै सतर्कताका लागि आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम बढिरहेको छ ।

Advertisement

अधिकांश तराईका जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको महाशाखाले जनाएको छ । हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन तथा विश्लेषण गर्दा अझै केही दिन वर्षाको सम्भावना नदेखिएका कारण तापक्रम बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले ‘लू’को जोखिममा रहेका जिल्लाहरूलाई तत्काल ‘एक्सन’ लिनुपर्ने, तयारी अवस्थामा रहनुपर्ने, तापक्रमबारे अपडेट भइरहनुपर्ने र जोखिम नरहेका गरी चार वर्गमा विभाजित गरेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लालाई ‘लू’को जोखिममा रहेका र तापक्रमबारे अपडेट भइरहनुपर्ने वर्गमा राखिएको छ।

Advertisement

तराईका पाँच जिल्ला – झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुरलाई पनि यही वर्गमा राखिएको छ । यस्तै, तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेलाई तुरुन्तै एक्सन लिनुपर्ने जोखिममा रहेका जिल्लामा राखिएको छ।

पहाडी जिल्लाहरू, उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानबारे अपडेट रहिरहन महाशाखाले आग्रह गरेको छ ।

Advertisement

तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top