Nepal Times
Nepal Times
3
Shares

खैरो हेरोइन खोज्न हिडेको प्रहरीले गोली हान्यो

खैरो हेरोइन खोज्न हिडेको प्रहरीले गोली हान्यो

२८ जेठ, काठमाण्डौ ।
आज मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो । गोली लागेर विकास भगत घाइते भएका छन् । उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ ।

एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको जानकारी दिए । थपलियाले घाइते विकासको ठेगाना खुलिनसकेको र उनको अभिभावकलाई सम्पर्क गर्ने प्रयास गरिरहेको बताएका छन् ।

उनको घुँडामुनि गोली हानिएको हो। उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनीहरु खैरो हेरोइन कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ । खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.