×

NEPAL TIMES UPDATES

Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026
Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026

सावित्रा भण्डारीले यूरोपेली क्लबबाट फुटबल खेल्ने

३० जेष्ठ २०८०

३० जेठ, एजेन्सी ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी चर्चित स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् । मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो सामाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३÷२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।

दक्षिण एसियामा सर्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् । साबित्राले घरेलु फुटबल एपीएफ क्लबबाट खेल्ने गर्छिन् । साबित्रा भारतमा हुने महिला लिगमा लगातार तीन सिजन च्याम्पियन बनेकी छन् । पहिलो सिजन सेथु फुटबल क्लबबाट खेल्दा साबित्राले ७ खेलमा १५ गोल गरेकी छन् ।

Advertisement
Advertisement

दोस्रो र तेस्रो सिजन गोकुलम केरेलाको प्रतिनिधित्व गर्दै उनले कुल ४५ गोल गरेकी छन् । उनी अघिल्लो महिना मात्रै सम्पन्न भारतिय महिला लिगको सर्वाधिक गोल कर्ता पनि हुन् । सावित्रा आबद्द गोकुलम केरेलाले उपाधि जितेको थियो । सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।

सावित्रा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित भइसकेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ०७८ सालमा आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भएकी थिइन ।

सावित्राले एकपटक वर्षको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितिसकेकी छन् । पछिल्लो दशक महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सावित्रा चर्चित खेलाडीको रुपमा रहेकी छन् । पछिल्लो एक दशकमा नेपाल दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सावित्रा टिममा थिइन् । यस्तै नेपालले १३औं साफमा रजत जित्दा पनि उनी ६मको मुख्य सदस्य थिइन् ।

सावित्राले भारतमा भएको हिरो महिला लिग दुई पटक जितेकी छिन् । लमजुङ जिल्लाको सिमपानीमा जन्मिएकी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्राले नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्।

उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन । साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन् ।

उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन । साबित्रा भण्डारी एपिएफ क्लबका लागि १६ वर्षकै उमेरमा अनुबन्धित भएकी थिइन्। उनी वर्तमान समयमा एपीएफका प्रमुख अग्रपङ्क्तिकी खेलाडी समेत हुन्। उनकै उच्च र उत्कृष्ट प्रदर्शनकै कारणले एपीएफ क्लबले अनेक घरेलु महिला उपाधिहरू जित्न सफल भएको छ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top