×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले

३ असार २०८०

३ असार, एजेन्सी ।
नेपालमा मात्रै होइन भारतमा समेत राम,हनुमान र सीताको चरित्रलाई लिएर विवादित बनेको भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि खुल्ला रुपमा धावा बोल्दै आफ्नो अज्ञानता प्रस्तुत गर्दै विवादित बयान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा रहेको बताएका हुन् ।

उनले आजतकसँगको अन्तरवार्तामा भनेका छन्, ‘नेपालको विरोध किन हो म सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो त्यो बेला नेपाल भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो ।’ उनले अन्तरवार्ताका क्रममा भनेका छन्, ‘नेपालका विरोध मे समझ नहीँ पाया ।

Advertisement
Advertisement

जबकि कहानी हे नेपाल भारतका अंश हुवा कर्ता था । तब हम भारतकी बेटी कहेंते हे सीताको तो नेपाल कौन्सा भारतसे अलग था । नेपाल तो भी १९०३ या ४ की बात जब नेपाल भारत से अलग हुवा हे । नेपाल वाज भेरि मच इन्डिया । तो उस सहिसाब से भारतकी बेटी थि सीता ।’ यसको अर्थ हुन्छ । नेपालले विरोध किन गरिरहेको छ सम्झिरहेको छैन ।

फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो । त्यो बेला नेपाल पनि भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो । त्यही कारण सीता भारतकी बेटी थिइन् । एक कुरा के भने उनीहरू आज पनि हाम्रो भाइ हुन् । हामी नै हुन । म नेपालका जनताहरूलाई आफूभन्दा अलग मान्दिन ।

अनि राष्ट्रका हिसाबले आज पनि भारत र नेपाल अलग छैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन् । हुन सक्छ सीमानामा हिसाबले अलग हुन् । उनले चलचित्रमा भएको गलत संवाद सुधार गर्ने र माफी माग्ने भन्दा पनि आफलूसँग नेपाली पक्षले संवाद गरे आफू सम्झाउन प्रयत्न गर्ने उनले बताएका छन् । नेपालमा चलचित्र विकास बोर्डले भने चलचित्रमा भएको संवाल हटाएर प्रर्दशनको अनुमति दिएको छ ।

कामठाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने सरकारलाई पत्र लेखेर यो संवाद तत्काल हटाउन कुटनैतिक पहल गनुपर्ने बताएका छन् । शुक्रबार सरकारलाई पत्र लेख्दै मेयर शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै बालेनले भनेका छन्, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्रै देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

साथै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्नसमेत अनुरोध गरिन्छ ।” यो विषय शुक्रबार संसदमा पनि उठेको छ । प्रतिनिधिसभा सदस्य असिम शाहले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त फिल्मको सेन्सर बुधबार साँझ भएको थियो भने सेन्सर बोर्डले उक्त संवाद काटेर रिलिज अनुमति दिएको सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले बताएका थिए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top