×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

आज कोशी बाग्मती र गण्डकीमा भारी वर्षा / यी ५ नदीमा आउनेछ बाढी

७ असार २०८०

७ असार, काठमाण्डौ ।
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ।

हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै देशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन ÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। दिउँसो कोशी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी, बागमती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरको बदली हुने हुँदा पश्चिम नेपालका तराईका भूभागमा तापक्रम घट्ने सम्भावना रहन्छ। पश्चिम नेपालमा न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेकाले मनसुन प्रवेश गर्न सकेको छैन। न्युन चापीय क्षेत्र विस्तारै कमजोर भएको र यसको प्रभाव सकिएपछि मनसुन प्रवेश गर्ने मौसमविद्हरूले बताएका छन्।

देशमा मनसुन भित्रिएसँगै सानाठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ । नदीहरुमा पानीको बहाव बढेसँगै बाढीको जोखिम पनि उत्तिकै बढेको छ । बाढी पूर्वानुमान महाशाखाले आज देशका ठूला पाँच नदीमा बहाव उल्लेख्य बढ्ने र न्य नदीहरुमा पनि बहाव सामान्य बढ्ने जनाएको छ ।

Advertisement

आज रतुवाबजार हुँदै बहने दूधकोसी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ । यस्तै, तामाकोसी, त्रिशूली, बुढीगण्डकी, महाकाली नदीमा पानीको बहाव उच्च रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top