×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?

११ असार २०८०

११ असार, एजेन्सी ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ । लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो । अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो । मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।

Advertisement
Advertisement

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित गरिँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो । निवेदनमाथि आज सुनुवाइपछि अन्तरिम राहत दिने÷नदिनेसम्बन्धी निर्णय हुनसक्छ । उक्त निवेदनको टुंगो लागेमा मात्र मुख्य मुद्दाको सुनुवाइ हुनेछ । सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम पीडितले अन्तरिम क्षतिपूर्तिका लागि काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता गराएकी थिइन् ।

सर्वोच्चको आदेशमा उपचार र मनोसामाजिक परामर्शका लागि आवश्यक खर्च अन्तरिम क्षतिपूर्तिमार्फत वितरण गर्न निर्देशन दिइएको थियो । सो निवेदनका सम्बन्धमा यसअघि काठमाडौँ जिल्ला अदालतले खर्च के कति लाग्छ भनी प्रतिवेदन दिन निर्देशन दिएको थियो ।

नर्भिक अस्पतालले काठमाडौँ जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा कन्सल्टेसन भिजिटका लागि प्रति भिजिट १०४७ रुपैयाँ र साइकोलोजिकल काउन्सेलिङका लागि पर सेसन १ हजार ५०० सय रुपैयाँ लाग्ने प्रतिवेदन दिएको छ । यसअघि पीडितको तर्फबाट उपचार खर्च भन्दै काठमाडौँ जिल्ला अदालतमा ३६ हजार रुपैयाँको बिल पेस गरिएको छ ।

पीडितको तर्फबाट भविष्यमा लाग्ने खर्चको समेत क्षतिपूर्ति माग गरे पनि अस्पतालले दिएको प्रतिवेदनमा भविष्यमा कति खर्च लाग्छ भन्ने नसकिने प्रतिवेदन दिएको छ । पीडित पक्षले यसअघि प्रतिवादी सन्दीप लामिछानेसँग १० लाख अन्तरिम क्षतिपूर्तिको माग गरेकी थिइन् ।

Advertisement
Advertisement

तर अदालतले उनको माग खारेज गर्दै वास्तविक खर्च र वास्तविक लागतका आधारमा अन्तरिम क्षतिपूर्ति दिन सकिने भन्दै त्यसको लागि प्रतिवेदन माग गरेको थियो । जबरजस्ती करणी कसुरको मुद्दामा अन्तिम पेसी भने अझै तोकिएको छैन । लामिछाने विश्वकप छनोट क्रिकेट खेल्नका लागि जिम्बाब्वेमा रहेका कारण उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेसी तोक्ने जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top