नेपाल इस्ट जोन कप क्रिकेटको फाइनलमा

१८ असार, एजेन्सी ।
एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गरेको छ। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ८७ रनमै अलआउट भएको हो।

Advertisement

मलेसियामा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रनको योगफल तयार गरेको थियो। नेपालका लागि सूर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाए। यस्तै, निरज यादवले ४२ रन बनाए।

आशि लुहार ६, नरेन भट्ट ३, प्रतिक भट्टराई १२ रनमा आउट भए। सन्तोष यादवले २४ बल खेल्दै १८ रन बनाए। कप्तान अभिषेक तिवारीले २५ रन बनाए। दीप भुजेल १५ बलमा १२ रन बनाएर अविजित रहे। यस्तै, कृतिक कामत १० रनमा आउट भए। प्रतिक पोखरेल ३ रनमा अविजित रहे।

Advertisement

नेपालविरुद्ध सिंगापुरका हरिहरनले ३ विकेट लिए। यस्तै, कबीर बर्लिया र हर्श भेङ्कटरामले २÷२ तथा प्रनव धनुकाले १ विकेट लिए। समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले सिंगापुरलाई हराउने क्रममा बलिङतर्फ कृतिक कामतले उत्कृष्ट प्रदर्शन गरे।

२.३ ओभर बलिङ गरेका उनले ९ रन खर्चिंदै तीन विकेट लिए। नेपालले समूह चरणमा थाइल्यान्डलाई २२५ रन र मलेसियालाई ८४ रनले हराएको थियो। अर्को खेलमा मलेसियाले हङकङलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि मंगलबार नेपाल र मलेसियाबीच फाइनल खेल हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top