×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज नेप्सेमा २१ अंकको गिरावट

१८ असार २०८०

१८ जेठ, काठमाण्डौ ।

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ४१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।

Advertisement
Advertisement

यद्यपी, १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक २१ अंकले घट्दा ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा आज ९४ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि ३ कम्पनीको सेयरमा उच्च वृद्धि देखिएको छ । आज सीवाईसीएलको सेयर मूल्य १० प्रतिशत बढ्दा बीपीडब्लुको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक भने बढेको छ । होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ । होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ ।

Advertisement
Advertisement

यसबाहेक अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ६२ अंकले घट्दा लघुवित्त समूहको सूचक ५१ अंकले घटेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top