नेप्सेमा आज दोहोरो अंकको वृद्धी

१९ असार , काठमाण्डौ ।

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।आज नेप्से १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८२ वटा धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच भएको हो।मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।कम्पनीको सेयर मूल्य ५५९ रुपैयाँ ७० पैसा पुगेको छ।यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य ६.१५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८३९ रुपैयाँ पुगेको छ।

Advertisement

सेयरमूल्य सर्वाधिक घट्नेमा बिपिडब्ल्यू लघुवित्त रहेको छ। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १ हजार ३९९ रुपैयाँ ४० पैसामा झरेको छ।यसैगरी, एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य ३.५० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ८३ पैसामा सीमित भएको छ।

मंगलबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता २ हजार १३९ रुपैयाँमा १२ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा २.३२ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ।

Advertisement

उक्त कम्पनीको प्रतिकित्ता ८८४ रुपैयाँमा ११ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top