ट्विटरलाई टक्कर दिने थ्रेड्सको लोप्रियता बढ्यो

This photo, taken in New York on Wednesday, July 5, 2023, show the logo for Meta's new app Threads, right, and that of Twitter. Meta is poised to unveil the new app that appears to mimic Twitter — a direct challenge to the social media platform owned by Elon Musk. A listing for the Threads app appeared on Apple's App Store, indicating it would debut as early as Thursday. (AP Photo/Richard Drew)

२१ असार, एजेन्सी ।
विश्वकै सर्वाधिक प्रयोगकर्ता भएको सामाजिक संजाल मध्येको एक फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक गरेको छ । यो एप करिब १०० देशमा आईओएस र एन्ड्रोइडका लागि उपलब्ध भएको छ । एक सार्वजनिक भएसँगै केही घण्टामै यसले उच्च लोप्रियता हासिल गरेको छ ।

मेटा प्रमुख मार्क जुकरबर्गले सार्वजनिक गरेको थ्रेड्स एपले ट्विटरलाई उछिन्ने बताएका छन् । युरोपियन युनियनबाहिरका १०० मुलुकमा सार्वजनिक थ्रेड्स एपमा ५०० अक्षरसम्म पोस्ट गर्न सकिन्छ । यस्तै, यसमा लिंक, फोटो र पाँच मिनेटसम्मको भिडियो पनि पोस्ट गर्न सकिन्छ । थ्रेड्स एपले लञ्च भएको पहिलो सात घण्टामा एक करोड प्रयोगकर्ताले साइन अप गरेको जुकरबर्गले भनेको बीबीसीले उल्लेख गरेको छ।

जुकरबर्गले थ्रेड्सलाई मैत्रीपूर्ण बनाउने र यो नै यसको सफलताको चाबी बन्ने बताएका थिए । ट्विटरका प्रमुख एलन मस्कले “दुःख लुकाएर इन्स्टाग्रामको झुटो खुसीमा लिप्त हुनुभन्दा ट्विटरमा अपरिचितले आक्रमण गरेकै पनि जाती भएको” भन्दै प्रतिक्रिया दिएका छन् । के यो एप ट्विटरभन्दा ठुलो हुनेछ ? भनेर सोधिएको प्रश्नमा जुकरबर्गले केही समय लागे पनि यो एक अर्ब मानिसले कुराकानी गर्ने एप हुनुपर्ने बताएका छन् ।

इन्स्टाग्रामकै अकाउन्टबाट साइन अप गर्न मिल्ने थ्रेड्समा त्यहाँका एक अर्ब बढी प्रयोगकर्ता आउनुपर्ने जुकरबर्गको भनाइ छ। यसका प्रतिद्वन्द्वीले थ्रेड्सले व्यक्तिगत जानकारी, स्वास्थ्यसम्बन्धी, आर्थिक र ब्राउजिङको डाटाको प्रयोगलाई लिएर आलोचना गरेका छन् । थ्रेड्समा आगामी दिनमा फिचर थप्दै जाने कम्पनीले जनाएको छ ।

छुट्टै एपका रूपमा उपलब्ध थ्रेड्समा इन्स्टाग्रामकै अकाउन्टबाट लगइन गर्न सकिन्छ । इन्स्टाग्रामकै फोटो राख्न वा इस्टाग्राममा भएका फलोअर्सलाई एकैपटक फलो गर्न सकिन्छ । यो एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ ।

कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ । ट्विटरका मालिक एलन मस्कले प्लेटफर्ममा विभिन्न समस्याको सामना गरिरहेका बेला मेटाले सार्वजनिक गरेको थ्रेड्सले पहिलो दिनमै पाएको सफलताले ट्विटरलाई थप चुनौती थपिने अनुमान गरिएको छ ।