×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोशीको कामचलाउ मुख्यमन्त्री को हो ?

१२ श्रावण २०८०

१२ साउन, विराटनगर ।
एमालेले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग मिलेर आधा–आधा कार्यकाल सरकार चलाउन तयार रहेको जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरु कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेका बताएका हुन्। निर्वतमान मुख्यमन्त्र उनले प्रजातन्न्त्र संस्थागत गर्नेदेखि अन्य कुरा मिलेमा कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेको बताए।

कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ त? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा कार्कीले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री पद यसका लागि बाधक नहुने पनि बताए । सभामुख बाबुराम गौतमको समेत हस्ताक्षेर संलग्न गरी सरकार गठन गरेका मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चले बदर गरिदिएपछि कोशी प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ।

Advertisement
Advertisement

थापाको सरकारलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न पनि आदेश दिएको छ। मुख्यमन्त्री थापाको नियुक्ति अवैधानिक रहेको दाबीसहित बदरको माग गरेर सर्वोच्चमा रिट दायर गरेका कार्कीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार नयाँ सरकार गठनको मागदाबी गरेका थिए। सर्वोच्चले भने धारा १६८ को (२) अनुसार नै सरकार गठनको आदेश दिएको छ।

संविधानको धारा १६८ को (२) अनुसार सरकारमा दाबी गर्ने कि नगर्ने भनेर सोधिएको प्रश्नमा कार्कीले बहुमत पुग्ने अवस्था भए दाबी गर्ने बताए। ‘साना दल जान्छन् भने एमाले ४० सिट भएको ठूलो दल भएकाले बहुमत पुगे दाबी गर्छौं,’ कार्कीले भने, ‘यसमा पार्टीभित्र कुराकानी भइरहेको छ।’ कार्कीले प्रदेशमा स्थायित्व कायम हुने अवस्थाका लागि एमालेले मुख्यमन्त्रीमा दाबी गरेर नबस्ने बताए। उनले कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरे।

‘नेपाली कांग्रेससँग मिल्न तयार छौँ। मुख्यमन्त्री दिन जो सुकैलाई पनि तयार छौ,’ उनले भने, ‘स्थायित्व हुन्छ भने एमाले मुख्यमन्त्रीमा दाबी राखेर बाधक वन्दैन।’ तर यति महिना वा वर्ष भागवन्डा गरौं भनेर लिने पक्षमा भने आफूहरु नभएको कार्कीको भनाइ छ। ‘कांग्रेसले आधा–आधा मुख्यमन्त्री लिन तयार छ भने हामी तयार छौ,’ उनले भने, ‘प्रदेश संस्थागत गराउन सर्वदलीय सरकार बनाउन पनि हामी तयार छौँ।’

यस्तै कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी नपठाएपछि पूर्वमुख्यमन्त्री हिक्मत कार्की विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्। यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए।

कामचलाउ मुख्यमन्त्री आफैं भएको दाबी गर्दै कार्कीले बिहीबार आफ्ना मन्त्रीमण्डलका सबै सदस्यलाई मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्न भनेका थिए। यता प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्रकुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top