पाकिस्तानमा १० आतंकवादी पक्राउ

१३ साउन,एजेन्सी ।
पाकिस्तानको प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए ।

यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए । पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो ।

सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ ।

Advertisement

बिज्ञप्ति अनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन् । आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पु¥याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए ।

Advertisement

शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ । यसैबीच, पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top