Nepal Times
Nepal Times
144
Shares

पाकिस्तानमा १० आतंकवादी पक्राउ

पाकिस्तानमा १० आतंकवादी पक्राउ

१३ साउन,एजेन्सी ।
पाकिस्तानको प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए ।

यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए । पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो ।

सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ ।

बिज्ञप्ति अनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन् । आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पु¥याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए ।

शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ । यसैबीच, पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.