सिंगापुरका ७ उपग्रह भारतले अन्तरिक्षमा पठायो

१४ साउन, एजेन्सी ।
भारतले दुई साता अघि प्रक्षेपण गरेको चन्द्र यान ३ आफ्नो गन्तब्य नजिक पुगेको छ । जुलाई ३१ अर्थात् सोमबार भारतीय चन्द्रयान पृथ्वीको कक्षको परिक्रमा पूरा गरेर चन्द्रमाको गन्तव्यतिर अगाडि बढ्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बताएको छ ।

भारतले यसै महिनाको जुलाई १४ मा ऐतिहासिक चन्द्र अभियानअन्तर्गत चन्द्रयान– ३ अन्तरिक्षयानलाई शक्तिशाली रकेटबाट अन्तरिक्षमा पठाएको थियो । पछिल्लो पटक फेरि सातवटा भूउपग्रह आफ्नै रकेटमार्फत अन्तरिक्षमा पठाउन भारत सफल भएको छ । इसरोका अनुसार आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट सिंगापुरका सातवटा भूउपग्रह आइतबार बिहान साढे ६ बजे रकेटमार्फत् अन्तरिक्षमा पठाइएको हो ।

४४ दशमलव ४ मिटर लामो पीएसएलभी–सी५६ रकेटबाट सातवटा भूउपग्रह लन्च गरिएको हो । जसमध्ये ३६० केजीको डीएस–एसएआर भूउपग्रहलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । डीएस–एसएआर स्याटेलाइट सिंगापुरको रक्षा विज्ञान एवं प्राविधिक एजेन्सी र सिंगापुरकै एसटी इन्जिनियरिङले विकास गरेको भूउपग्रह हो । यस भूउपग्रह हरेक मौसममा दिनरात हाई रिजोलुसन तस्वीर खिच्न सक्षम छ ।

Advertisement

इसरोका अनुसार रकेटले उडेको २३ मिनेटमै यो भूउपग्रहलाई पृथ्वीको कक्षमा छाडेको थियो । त्यसपछि बाँकी ६ वटा स्याटेलाइटलाई पनि पृथ्वीको कक्षमा तैनाथ गरियो । भारतीय रकेट पीएसएलभीको यो ५८औँ सफल प्रक्षेपण हो । भारतीय रकेट विश्वसनीय भएकाले सिंगापुरले यही रकेटबाट आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउन छनोट गरेको बताएको छ ।

अब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले PSLV–C56 रकेटबाट चौथो चरणको प्रयोग गरेर विशेष प्रयोग गर्ने बताएको छ । यो नयाँ मिसन यस वर्ष अप्रिलमा लन्च गरिएको PSLV–C56 Telos–2 मिसनको विस्तृत रुप हुने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । आजको मिसनमा वैज्ञानिकहरूले PSLV रकेटको चौथो चरणलाई तल्लो कक्षमा राख्नेछन्।

इसरोले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि सिंगापुरका सबै उपग्रहहरूलाई ५३६ किलोमिटरको उचाइमा तोकिएको कक्षमा राखेपछि रकेटको माथिल्लो चरण तल्लो कक्षमा राखिनेछ। यसबाट ३०० किलोमिटरको उचाइमा यसको सुरक्षा सुनिश्चित गर्न सकिनेछ । उनका अनुशार रकेटलाई तल्लो कक्षमा ल्याउनुको उद्धेश्य भनेको चाँही अन्तरिक्षमा फोहोर कम गर्नु हो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top