१ क्विन्टल सुन प्रकरणमा प्रचण्ड र ओलीबीच भेट

१५ साउन,काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भइरहेको छ।

यस्तै, प्रतिनिधि सभा बैठक सञ्चालन, १ क्विन्टल सुन तस्करी प्रकरणमा भइरहेको छानबिन लगायत विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। प्रचण्ड र ओलीको भेटवार्तापछि ३ दल (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का शीर्ष नेताहरुबीच बालुवाटारमा नै छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहित नेताहरुको बैठकमा संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने सहमति भएको थियो । मंगलबार नै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेदेखि अवकाशमा जाँदैछन् ।

Advertisement

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अगाडिदेखि नै प्रक्रिया सुरु हुनुपर्ने व्यवस्था भए पनि यसबीचमा संवैधानिक परिषद्को बैठक बसेको थिएन । आइतबार प्रतिनिधि सभा बैठक बस्ने सन्दर्भमा संसद् सञ्चालनबारे पनि दुई नेताबीच कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि साउन १० गतेको प्रतिनिधि सभा बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको १ क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गते संसद् बैठकमा अवरोध गरेको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top