उड्न ठिक्क परेको यती एयरको विमानमा मुसा भेटियो

१५ साउन,काठमाण्डौ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । एयरलाइन्सको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि रोकिएको पोखरा विमानस्थल कार्यालयकी प्रवक्ता जशोदा सुवेदीले बताएकी छन् । उनकाअनुसार जहाज बिहान ११ः५० बजे पोखराबाट काठमाडौंमा जाने तयारीमा थियो ।

उक्त जहाजमा काठमाडौं जाने यात्रुलाई भने अर्को विमानमा पठाइएको छ । जहाजमा मुसा देखिएपछि उडान रोकेर खोजी शुरू गरिएको उनले बताइन् । साढे दुई घण्टादेखि जहाजमा मुसा खोजी भइरहेको उनले बताइन् । तर, साढे २ घण्टासम्म खोज्दा पनि मुसा भेटिएको छैन । उनले भनेकी छन्, ’जहाजमा मुसा देखियो भनेपछि उडान रोकेर खोजीरहका छौं तर, अहिलेसम्म भेटिएको छैन,’ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं उडेका छन् । यसअघि गत जेठमा बुद्ध एयरको जहाजभित्र मुसा देखिएको थियो ।

Advertisement

मुसा भेटिएपछि जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा खोजी गर्दा मुसा भेटिएको थियो ।जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजगता अपनाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top