माल्दिभ्सका २० नागरिकमाथि अमेरिकाले लगायो प्रतिबन्ध

१७ साउन, एजेन्सी ।
अमेरिकाले माल्दिभ्सका २० जना नागरिकमाथि विभिन्न आरोप लगाउँदै प्रतिबन्ध लगाएको छ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदको हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिसहित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको आरोपमा २० जना नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतङ्कवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ । सोमबार सार्वजनिक गरिएको नयाँ प्रतिबन्धले मानिकलाई आईएस भर्ती गर्ने मोहम्मद अमीनको सहयोगीको रूपमा पनि पहिचान गरेको छ ।

उनलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । सन् २००७ मा एक सार्वजनिक पार्कमा भएको बम आक्रमणमा १२ जना चिनियाँ पर्यटक घाइते भएका थिए भने अमिनले माल्दिभ्सका दर्जनौं नागरिकलाई सिरियामा युद्धका लागि पठाएका थिए । अमेरिकी वक्तव्यमा भनिएको छ, ’द्वीपसमूह राष्ट्र मालदिभ्सको आकर्षक पर्यटन उद्योगसँग जोडिएका २९ वटा कम्पनीलाई पनि आइएससँग सम्बन्ध राखेको आरोपमा प्रतिबन्ध लगाइएको छ ।

Advertisement

’ अमेरिकामा प्रतिबन्धित व्यक्ति वा कम्पनीहरूको कुनै पनि सम्पत्ति जफत गर्न र अमेरिकी नागरिकहरूलाई उनीहरूसँग कुनै पनि व्यापारिक लेनदेन गर्न प्रतिबन्ध लगाइएको हो । आतङ्कवाद तथा वित्तीय गुप्तचरका लागि अमेरिकी वित्त मन्त्रालयका उपसचिव ब्रायन ई नेल्सनले एक वक्तव्यजारी गर्दै भने, ’विश्वव्यापी रूपमा आतङ्कवादी आक्रमणका लागि वित्तीय र अन्य सहयोगलाई रोक्ने र अवरोध गर्ने उद्देश्यले यी प्रतिबन्धहरू लगाइएको हो ।’

माल्दिभ्सका अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकाले तोकेकामध्ये अधिकांशलाई स्थानीय अधिकारीहरूले नजिकबाट नियालिरहेका छन् । माल्दिभ्समा सुरक्षा फौजका लागि कट्टरता प्रमुख चिन्ताको विषय बनेको छ । सरकारले अतिवादविरुद्ध कडा कदम चालेको छ र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top