आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई तरूण दलको ३ दिने अल्टिमेटम

१९ साउन,काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन तरूण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ,’ अध्यक्ष विद्वान गुरूङले निकालेको विज्ञप्तिमा भनिएको छ।

Advertisement

तरूण दलको आग्रहलाई बेवास्ता गरेमा त्यस्ता गतिविधिका विरूद्ध दल आफैं प्रतिकारमा उत्रने चेतावनीसमेत गुरूङले दिएका छन्।‘सुवास बोहरा भन्ने टिकटक आइडीबाट देउवाको गरिमा, इज्जतमा गम्भीर आँच पुग्ने खालको सामग्री प्रकाशित हुनु आपत्तिजनक छ,’ तरूण दलले भनेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top