२३ घन्टा देखि अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा

Share this
804shares

१९ साउन ,काठमाण्डौ ।

Advertisement

अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ। बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत कल्याणले जानकारी दिए।

राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरा खसेर सडक अवरुद्ध भएको थियो।सडक अवरुद्ध बनेपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगाएका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाडौँ, बुटवल जाने सवारी साधन अलपत्र परेका थिए ।

Advertisement

सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै सवारी साधन गन्तव्यतिर लागेका उपप्रमुख कायतले बताए। बिहीबार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठूलो पहिराका कारण खुलाउन नसकिएको उनको भनाइ थियो।

आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिए। ‘हिजो वर्षाले गर्दा खुलाउन सकिएन, पहिरो पनि निकै ठूलो खसेको थियो, आज पनि बिहानैदेखि डोजर लगाएर काम गर्‍यौँ, अहिले सडक खुलेको छ,’ उनले भने, ‘अहिले बाटो खुलेर यातायताका साधन सञ्चालन भइरहेका छन्।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top