×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

नेपाललाई चामल र विस्फोटक पदार्थ दिने मोदीको बचन

२१ श्रावण २०८०

२१ साउन, काठमाण्डौ ।
भारतले नेपालका लागि चामल र विस्फोट पदार्थ निर्यात खुला गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको टेलिफोन वार्तामा चामल र विस्फोटक पदार्थ नेपाल निर्यात गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका हुन् । शनिबार दिउँसो प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको थियो ।

सो वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । सोही क्रममा ‘प्रधानमन्त्री दाहालले भारतले नेपालमा चामल आयातमा लगाएको प्रतिबन्धबारे चासो राखेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले त्यो प्रतिबन्ध नेपालका लागि थिएन भनेर तत्कालै खुला गर्ने बताएको आर्चायले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार शनिबार रातिबाटै भारतले नेपालमा चामल निर्यात खुला गरिसकेको छ । चामल आयातमा प्रतिबन्ध लाग्दा नेपालमा व्यापारीले चामलको भाउ ह्वात्तै बढाएका थिए । यस्तै विस्फोटक पदार्थ नेपाल लान पनि नरोकिने भारतीय प्रधानमन्त्री मोदीले बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

यसअघि भारतले विस्फोटक पदार्थ निर्यातमा बन्देज लगाएको थियो । जसका कारण नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजना प्रभावित भएका थिए । विस्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यस्तै प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको बताइएको छ ।

Advertisement

सो क्रममा भारतीय प्रधानमन्त्रीले नेपाललाई बंगलादेश रुट प्रयोग गर्न दिने तथा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रक्रिया पनि छिट्टै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताए । छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top