×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

डेंगुका कारण हायलकायल बन्यो बंगलादेश

२१ श्रावण २०८०

२१ साउन, एजेन्सी ।
नेपालमा जस्तै मित्र राष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement

स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ ।

यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ । करिव ७२५३ डेङ्गुका बिरामी फेला परेका छन् । जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १ सय भन्दा बढी वागमती प्रदेशमा १ हजार १७१ भन्दा बढी, गण्डकी प्रदेशमा ३ सय ८९ भन्दा बढी र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२ जना भन्दा बढी रहेका छन्।

कोशी प्रदेशमा सुनसरीको धरान डेंगुको केन्द्र बनेको छ । यस महामारीबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै एक हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका अनुशार डेंगी संक्रमण नियन्त्रणका लागि सुरुमै सरोेकारवालाले लामखुट्टेको बासस्थान खोजी नष्ट गर्न बेवास्ता गरेको हुँदा अहिलेको अवस्था आएको हो ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगी रोग लाग्दछ । डेंगी संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।

Advertisement

यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top