क्यानडामा सन्दीप हारे दीपेन्द्रले जिते

२२ साउन, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई फाइनलमा पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रियल टाइगर्सले क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा जागुअर्र्सले प्रस्तुत गरेको १३१ रनको लक्ष्य निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै टाइगर्सले उपाधि जितेको हो । सीएए सेन्टरमा टाइगर्सलाई जित दिलाउन सेफएन रुथरफोर्डले ३८ रन बनाए ।

कप्तान क्रिस लिनले ३१, आन्द्रे रसेलले ६ बलमा २० र र दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । दीपेन्द्र १६ रनमा रिटायर्ड आउट भएका थिए । दीलप्रित सिंहले १४ र श्रीमन्था विजयेरत्नेले १२ रन थपे । जागुअर्र्सका इफ्तिखर अहमेदले दुई विकेट लिँदा स्पेन्सर जोनसन र आयान खानले समान एक विकेट लिए ।

Advertisement

जागुअर्र्सबाट तीन ओभर बलिङ गरे पनि सन्दीपले भने विकेट लिन सकेनन् । उनले २० रन खर्चिए । त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको सुर्रे जागुअर्र्सका जतिन्दर सिंहल ५७ बलमा तीन चौकासहित ५६ रन जोडेका थिए ।

आयान खानले २६, मोहम्मद ह्यारिसले २३ र लिटोन दासले १२ रन बनाए । टाइगर्सका आयान अफ्जल खानले दुई विकेट लिए । आन्द्रे रसेल, अब्बास अफ्रिदी र कार्लोस ब्रेथवेटले समान एक विकेट लिए ।

Advertisement

यससंगै नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आफ्नो करिअरको पहिलो विदेशी लिगमै च्याम्पियन बनेका छन् । दीपेन्द्रको यो करिअरको पहिलो विदेशी फ्रेन्चाइज लिग थियो । पहिलो फ्रेन्चाइज लिगमै दीपेन्द्र च्याम्पियन बन्न सफल भएका हुन् ।

प्रतियोगिताभर दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल भए । प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४३ बल खेल्दा १ सय ४० रन बनाए ।

उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइकरेट १०२.१४ र कुल १२ चौका प्रहार गरे । दीपेन्द्रले खेलमा दुई विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गरेका दीपेन्द्र रन भन्दापनि साझेदारी निर्वाहमा बढी ध्यान दिएका थिए । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो ।

उता सन्दीप लामिछानेले प्रतियोगितामा ८ खेलमा ११ विकेट लिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा चौथो नम्बरमा रहे । सर्रेका तीव्र गतिका बलर म्याथ्यु फर्ड र भ्यानकुभेर नाइट्सका जुनैद सिद्धिकले समान १५ विकेट लिए । नाइट्सका रुवेन ट्रम्पलम्यान १३ र ब्राम्पटन वल्भसका लोगेन भान बीक १२ विकेट लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top