×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

क्यानडामा छाए दीपेन्द्र

२२ श्रावण २०८०

२२ साउन,एजेन्सी ।
क्यानडामा आयोजित क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि मोन्ट्रियल टाइगर्सले जितेको छ । यो प्रतियोगितामा यसपटक नेपालका दुई स्टार क्रिकेटर सहभागी भएका थिए । जसमा दुवैको टिमबीच नै उपाधि भिड्न्त भएको थियो ।

जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम च्याम्पियन बनेको छ ।

Advertisement
Advertisement

उपविजेता बनेको सर्रेका सन्दीप र च्याम्पियन टिमका दीपेन्द्रले यसपटक प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै गहिरो छाप छाड्न सफल भएका छन् । प्रतियोगिताको उपाधि जितेपछि नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग अष्ट्रेलियाका स्टार ब्याटर तथा मोन्टरिएल टाइगर्सका कप्तान क्रिस लिनले माफी मागेका छन् ।

लिनले दीपेन्द्रलाई गराएको रिटायर आउट गर्न भएको कारण माफी मागेका हुन् । ‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु । मैले आफ्नो खेल जीवनमा कहिले पनि सोचेको थिइन ब्याटरलाई रिटायर हुन भन्नेछु । तर जब टोलीमा आन्द्रे रसल जस्ता खेलाडी हुन्छन्, उनले हाम्रो टोलीलाई मजबुत बनाउँछन् ।

म दीपेन्द्रसँग माफी माग्न चाहन्छु, तर सबै खुसी हौं कि हाम्रो निर्णय सही सावित भयो र हामी च्याम्पियन बन्यौं’, लिनले खेलपछि भनेका छन् । १८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ट हर्ट आउट भएका थिए । जितको लागि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको टाइगर्स १८ ओभरमा १०६–५ को अवस्थामा थियो ।

टिमलाई जितको लागि अन्तिम १२ बलमा २५ रन आवश्यक परेको थियो । दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाएको अवस्थामा रिटायर्ट आउट भएका थिए । रसेलले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँदा रसेलले अन्तिम बलमा छक्का हान्दै खेल जिताएका थिए ।

अमार खालिदलाई दुई छक्का हान्दै च्याम्पियन बनाए । अन्तिम बलमा दुई रन चाहिँदा छक्का प्रहार गरेका थिए । टाइगर्सका कप्तान लिनले दीपेन्द्रको तारिफ पनि गरेका छन् । ‘दीपेन्द्रले प्रतियोगितामा राम्रो गरे । १–२ खेलबाहेक अन्यमा खासै अवसर पाएका छैनन् । कहिले बलिङ पाएनन् त कहिले ब्याटिङ ।

Advertisement
Advertisement

तर पनि उनको जोशमा कुनै कमी आएको छैन । उनले टोलीको मनोबल पनि बढाएका छन् । र हाम्रो पहिचान पनि यही बनेको छ । मैदानमा जे जस्तो भएपनि हामी एक अर्कालाई साथ दिएर अघि बढेका छौं’, उनले दीपेन्द्रको तारिफ गर्दै भनेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top