बाबुरामले भ्रष्टचारविरुद्ध युद्ध छेडे, भन्छन् सबैको छानविन हुनुपर्छ

२६ साउन, काठमाण्डौ ।
बहुचर्चित ललिता निवास प्रकरणमा सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्रीका रुपमा डा बाबुराम भट्टराईमाथि समेत अनुशन्धान अघि बढाउन आदेश दिएको अवस्थामा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.भट्टराईले अहिले चर्चामा ठूला काण्ड र अनियमितताको प्रकरणको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

Advertisement

प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणका विषयमा साउन १० यता लगातार संसद अवरुद्ध गरिरहेको अवस्थामा शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराई पूर्वप्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म जोडिएका सबैको निष्पक्ष छानबिन गरी देशमा सुशासनको काम गर्नुपर्ने बताएका छन् ।

भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताए । क्यान्टोन्मेन्टमा भएको घोटालादेखि विमान घोटालासम्म सबैको उच्चस्तरीय समितिबाट छानबिन हुनुपर्ने भट्टराईले बताए ।

Advertisement

‘बालुवाटार जग्गा प्रकरणमा आफू बयान दिन तयार छु’ नेता भट्टराईले भनेका छन्, ‘म लगायत उच्च स्तरीय सबै छानबिनमा मैले सहयोग गर्नेछु । ललिता निवास प्रकरण २०४७÷०४८ देखि तन्कँदै आइरहेको रहेछ । मेरो पालामा आउँदा एउटा सानो निर्णय भएको रहेछ । त्यो मेरो व्यक्तिगत निर्णय थिएन । मन्त्रिपरिषदको निर्णय थियो । फेरि अहिले सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीसँग पनि बयान लिने जुन भनेको छ । त्यसको निम्ति म तयार छु ।’भट्टराईले थपे, ‘मैले स्वागत पनि गरेको छु । मैले जानेको बुझेको कुरा बताउने छु । जहाँसम्म राज्यलाई नोक्सान पार्ने भ्रष्टाचार अनियमितता, कानून विपरीतका कुरा, लाभका कुरा छ । त्यहाँ त्यस्तो प्रकारको कुरा भएको पनि छैन । तर, छानबिन चाहिँ हुनुपर्छ ।’ हिजोका समितिका रिपोर्टहरू पनि थन्काएर नराखी कार्यान्वयन गर्नेपर्नेमा भट्टराईको जोड छ ।

संसदले पनि त्यो माग गर्नुपर्ने उनको भनाइ छ । म लगायत मेरो छानबिनबाट उच्च स्तरीय छानबिनको ढोका खुल्छ भने, म सबैभन्दा खुसी हुनेछ । त्यस अर्थमा पनि मैले छानबिनलाई स्वागत गरेको भट्टराईले स्पष्ट पारे । सरकार र संवैधानिक निकाय कसरी अघि बढ्छन्, त्यसमा आफ्नो पुरै साथ र सहयोग रहने भट्टराईको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top