संसद नचलेको दिनको रास्वपा सांसदले सेवासुविधा नलिने

२५ साउन ८०, शुक्रबार

२६ साउन, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिएका हुन् ।

Advertisement

उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताए । उनले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताए ।

Advertisement

उनले भने, ‘हामीले सम्माननीय सभामुखज्युलाई संसद सुचारु गर्नको निमित्त र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र दिएका छौँ । पत्र दर्ता गराएका छौँ की नेपाली जनताका महत्वपूर्ण पक्षमा हामीले कुराकानी गर्नुपर्नेछ र सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल बीचको एउटा खिचातानी छ, संसदीय छानबिन समितिका विषय लिएर मतभेद छ, त्यसलाई अन्त्य गरियोस् र चाँडै संसद खुलाइयोस् भनेर पत्र दर्ता गराएका छौँ र सँगै हामीले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु हुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छाँै ।काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन । संसद अवरुद्ध भएको बेलामा प्राप्त हुने तलव सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ ।’

Advertisement

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताए । उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे । यसअघि रास्वपा सांसदहरुले सदन स्थगित भएपछि संसद भवन बाहिर सभामुखलाई सम्बोधन गर्दै सदनको अभ्यास गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top