×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिटीको शानदार सुरुआत/इन्टर मायमी सेमिफाइनलमा

२७ श्रावण २०८०

२७ साउन,एजेन्सी ।
चार्लोट एफसीमाथि फराकिलो जितका साथ इन्टर मायमी लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै उत्कृृष्ट प्रदर्शन गर्दा इन्टर मायमीले ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरे । अर्को गोल आत्मघाती गोल थियो । खेलको १२ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मायमीलाई अग्रता दिलाए । ३२ औं मिनेटमा टेलरले प्रतियोगिताको चौथो गोल गरे ।

Advertisement
Advertisement

डेआन्द्रे यडलिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे । ७८ औं मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गर्दा मायमी फाइनलनजिक पुगेको थियो । तर ४ मिनेट समय बाँकी रहँदा मेस्सीले प्रतियोगिताको आठौं गोल गरे ।

उनले जोसे काम्पानाको पासलाई पहिलो टचमै गोल गरेका थिए । मायमीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । अर्को क्वाटरफाइनलमा नाशभिलले मिनेसोटा युनाइटेडलाई ५–० ले हराएको थियो ।

नाशभिलले लास एन्जलस एफसी र मोन्टेरेको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । यता इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो । सिटी साविक उपाधि विजेता टोली हो ।

गएराति बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरे । हालान्डले खेलको चौथो र ३६औँ मिनेटमा तथा रोड्रीले ७५औँ मिनेटमा गोल गरे । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ ।

बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो । सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो ।

Advertisement

सिटी एकै सिजन यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top