×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टर्कीलाई युरोप र एशियासँग जोड्ने विमानस्थल थप विस्तार हुने

२७ श्रावण २०८०

२७ साउन, एजेन्सी ।
टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो । पछिल्लो वर्षहरुमा विश्वका धनाढ्यहरुको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र बिस्तार गरिरहेको हो ।

अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले ४ करोड यात्रुलाई सेवा दिइरहेको छ भने पुनःनिर्माण पछि यो दोब्बर हुनेछ । निर्माण सम्पन्न भइसकेपछि वार्षिक ८ करोड यात्रुलाई सेवा दिन सक्षम हुनेछ । जनवरी २०२२ मा शुरु भएको पुनः निर्माण कार्य जनवरी २०२५ सम्ममा सम्पन्न हुनेछ ।

Advertisement
Advertisement

परियोजनाको पहिलो चरणमा नयाँ रनवे, टर्मिनल भवन र कार्गो ह्याण्डलिङ सुविधाको निर्माण गरिने एयरपोर्ट बिस्तारको नेतृत्व गरिरहेको कम्पनी टाभ कन्स्ट्रक्शनका परियोजना निर्देशक एर्डोगान काराबाकाकले बताए । टर्कीलाई युरोप र एशियासँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने उनको भनाइ छ ।

यो परियोजनालाई आंशिक रूपमा एशियाली पूर्वाधार लगानी बैंकले १५३.६ मिलियन अमेरिकी डलर ऋण दिएको छ । टर्की सरकारको महत्वाकांक्षी योजना मध्यको अन्ताल्या विमानस्थलको बिस्तार पर्यटन प्रवद्र्धन र वैदेशिक मुद्रा आर्जन गर्न अगाडी बढाइएको ठूलो प्रयास हो ।

टर्की सरकारका अनुसार २०२२ मा ४ करोड २० लाख विदेशी पर्यटकहरूले अन्ताल्या विमानस्थल प्रयोग गरेका र ३ अर्ब ४० करोड अमेरिकी डलर राजश्व संकलन भएको बताएको छ ।

अन्ताल्या एयरपोर्टका प्रमुख प्रवन्धक दुर्डाली सावकारले अन्ताल्या विमानस्थललाई वर्षभर नै पर्यटक आउन सक्नेगरी कार्यक्रमहरु बनाइरहेको बताए । अन्ताल्या एयरपोर्टको बिस्तारले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने उनको विश्वास छ ।

देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान र लगभग १७ लाख मानिसहरूलाई रोजगार दिनसक्ने अन्ताल्या एयरपोर्ट प्रमुख प्रवन्धक सावकारले बताए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top