थुनामुक्त भएपछि सुनील शर्माले गरे ओली र प्रसाईँको प्रशंसा/फेरि मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

२७ साउन,काठमाण्डौ ।
नेपाली कांग्रेसका सांसद सुनील शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै रिहा भएका शर्माले सुन तस्करका संरक्षक स्वयम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत रहेको दाबी गरे ।

उनले आफूलाई ३० वर्ष पुरानो फाइल खोलेर तेस्रोपटक पक्राउ गरिएको पनि बताए । उनले आफूले आईएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने दाबी गरे । “सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ ।

मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो ।“ उनले भने । आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर ’गुन तिरेको भन्दै कटाक्ष गरे ।

Advertisement

थुनामुक्त हुँदै गर्दा उनले केपी ओली जिन्दावादको नारा लगाएका थिए । शर्माले आफू हिरासतमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । रिहा भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले एमाले अध्यक्ष ओलीले आफ्नो पिताजीको जस्तै भूमिका निर्वाह गरेको बताए । साथै, उनले भिडिओमा उनले दिएको हौसला देखेर आफ्नो मन रोएको पनि बताएका छन् ।

‘मेरो पिताजीको जस्तै भूमिका निर्वाह गरिदिनु भएको राष्ट्र नायकका रुपमा उहाँले आफूलाई उभ्याउनु भएको छ केपी शर्मा ओली, उहाँका केही गुणहरु राम्रा छन् मैले पहिले पनि भनेको थिए उहाँ र उहाँको पाटीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि,’ उनले भने। देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेको उनले बताए ।

Advertisement

सोक्रममा उनले अब कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए । “माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन,“ उनले भने । यस्तै शर्माले व्यावसायी मीनबहादुर गुरुङ र कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने पनि बताए ।

उनीहरू ’भगौडा’ नभएको उनको भनाइ छ । पत्रकारसँग कुरा गर्ने क्रममा शर्माले शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावाद भने । देउवाको नाम भने लिएनन् । उनले आफूलाई साथ दिएकोमा दुर्गा प्रसाईँलाई विशेष धन्यवाद दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top