जनमतकी अनिता साहले लिइन् मन्त्रीको शपथ

२९ साउन,काठमाण्डौ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन् ।

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टी पुनः सरकारमा सहभागी भएको हो । पार्टीले मन्त्रीका लागि समानुपातिक सांसद अनितादेवी साहको नाम सिफारिस गरेको थियो ।

Advertisement

जनमतले एक साताअघि प्रधानमन्त्री दाहाललाई साहको नाम सिफारिस गरेको थियो । ४१ वर्षकी साहले जनसंख्या विषयमा स्नातक गरेकी छन् । यसअघि उनी २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा जनकपुर उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार बनेकी थिइन । तर, निकै कम मात्रै मत उनले पाइन । जनमत पार्टीले ९ वर्षअघि सुरु गरेको किसानसँग सम्बन्धित आन्दोलनमा उनी सहभागी हुन्थिन् ।

त्यही बेलादेखि राजनीतिप्रति उनको रुचि बढ्न थाल्यो । अन्ततः जनमत पार्टीको जनकपुर इन्चार्ज भएर झण्डै तीन महिना काम पनि गरिन् । सांसद बनेको पहिलो चरणमै उनले मन्त्री बन्ने अवसर पाएकी छन् । उनका पति इन्जिनियर सञ्जयकुमार साह वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए ।

Advertisement

डा. सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाउँदा प्रभावित भएर २०१४ मै उनी पनि त्यही अभियानमा लागेका हुन् । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतकसमेतको जिम्मेवारीमा छिन् । धनुषाको औरही गाउँपालिका–६ चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्येकी साहिली हुन् अनिता ।

बुबा जागिरे हुँदा सँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढेकी उनले गाउँकै शंकर जनता मावि चक्करबाट एसएलसी पास गरेकी छन् । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि स्नातक गरेकी छन् ।

ओरेक नेपालको सदस्यदेखि सल्लाहकारको भूमिकासम्म निर्वाह गरेकी अनितासँग जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको सदस्यको रुपमा काम गरेको अनुभव छ । यसअघि चैत १७ गते जनमतबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएपछि जनमत सरकारमा थिएन ।

नवनियुक्त मन्त्री साहमाथि संघीयताको पूर्ण कार्यान्वयन,लामो समयदेखि थन्किएको निजामति सेवा ऐन पारित गराउनेदेखि कर्मचारीको सरुवा तथा पदस्थापन लगायतका चुनौती रहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top