×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

अन्तरिक्ष यात्रीले  अन्तरिक्षबाटै  खिँचे सगरमाथाको तस्विर

२९ श्रावण २०८०

२९ साउन,एजेन्सी ।
संयुक्त अरब इमिरेट्स (युएई)का अन्तरिक्ष यात्री सुल्तान अल नेयादीले फेरि एकपटक केही सुन्दर तस्बिर सार्वजनिक गरेका छन् । यस पटकका तस्बिरहरूमा हिउँले ढाकिएको हिमालय श्रृखलाका रहेका छन् । जहाँ विश्वको सर्वाेच्च शिखर सगरमाथा समेत रहेको छ ।

हिमालय श्रृंखला नेपालसहित, चीन, भारत, पाकिस्तान र भुटानसम्म फैलिएको छ। यसको उचाइको कारण यसलाई छिमेकी राष्ट्रहरुले एकअर्काका प्रहरी पनि भन्ने गरेका छन् । नेयादी हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छ महिनाको अन्तरिक्ष अभियानमा छन्।

Advertisement
Advertisement

अन्तरिक्षबाट हिमालयका उनले शेयर गरेका तस्विरहरु मनमोहक तथा लोभलाग्दा देखिन्छन् । नेयादीले ट्विटरमा हिउँले ढाकिएको हिमालयका तस्बिरहरू पोस्ट गरेका छन् । नेयादीले हिमालयलाई यस ग्रहको सबैभन्दा धनी प्राकृतिक स्थलको रूपमा वर्णन गरेका छन् ।

नेयादीले पोस्ट गरेको तस्विरमा हिमालयमाथि बादलले ढाकिएको पनि देख्न सकिन्छ । यी सुन्दर तस्विरहरूले प्रयोगकर्ताहरूको मन जितेका छन्। उनले फोटो सेयर गर्दै क्याप्शनमा लेखेका छन्, ‘अन्तरिक्षबाट हिमालय ।

सगरमाथाको घर,पृथ्वीको समुन्द्र सतहभन्दा अग्लो बिन्दु, यी पहाडहरू हाम्रो ग्रहको समृद्ध प्रकृतिको प्रतिष्ठित स्थलचिन्हहरू मध्ये एक हुन्।’ नेयादीको पोष्ट ६३ हजारले हेरिसकेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ’प्रकृतिको भव्य उत्कृष्ट कृतिको पूर्ण प्रदर्शन।’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘अद्भुत ।

हाम्रो जीवनको यति विशाल निलो क्षेत्रका यी सुन्दर तस्बिरहरू हामीलाई पठाउनु भएकोमा धेरै धेरै धन्यवाद। अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ’मैले सुल्तानमा सगरमाथाको उचाइमा बुद्धिको उच्चतम स्तर देखेको छु।

हिमालयमा सगरमाथा जस्ता अग्ला चुचुराहरू बाहेक समुद्र सतहबाट ७,२०० मिटरभन्दा अग्ला उचाइका १०० भन्दा बढी चुचुराहरू समावेश छन् । यसै वर्ष मे महिनामा नेयादीले अन्तरिक्षबाट दुबईको रात्रि दृश्यको तस्विर सार्वजनिक गरेका थिए ।

Advertisement
Advertisement

तस्विरले पाम जुमेराह, जेबेल अली र जुमेराह गाउँ सर्कल सहित दुबईका अन्य धेरै प्रसिद्ध आवासीय क्षेत्रहरू चित्रित गरेको थियो । त्यो तस्बिर दुबईका युवराज शेख हमदान बिन मोहम्मदले पनि आफ्नो ट्विटर अकाउन्टमा सेयर गरेका थिए । उनले नेयादीको क्लिक गरिएको तस्बिरबाट स्तब्ध भएको बताएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top