×

NEPAL TIMES UPDATES

Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026

सगरमाथासहित हिमाल आरोहण शुल्क बढ्ने / कति रोयल्टी तिर्नुपर्छ ?

३० श्रावण २०८०

३० साउन,एजेन्सी ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य हिमालको आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो । विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ ।

यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ । योसँगै हाल कायम पर्वतारोहण शुल्क (रोयल्टी) समेत केही परिमार्जन गर्ने तयारी रहेको उनले बताएका छन् ।

Advertisement
Advertisement

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ । यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरु आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलरसम्म तिर्नुपर्ने हुन्छ ।

सोभन्दा तल ७ हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ । सोही रोयल्टीलाई केही वृद्धि गर्ने तयारी सरकारले गरेको हो । नेपाल सरकारले सन् २०२५ देखि सगरमाथा आरोहणको अनुमति प्राप्त गरेबापतको रोयल्टी शुल्क ४ हजार अमेरिकी डलरले बढाएर १५ हजार अमेरिकी डलरसम्म पु¥याउने विषयमा सोमबार विचार गरिरहेको छ ।

८८४८ दशमलव ८६ मिटर उचाईको सगरमाथा विश्वको सबैभन्दा कठिन हिमाल मध्ये एक हो। ठाडो आरोहण भएकाले यसलाई चढ्न निकै कठिन छ । यससँगै यहाँको तापक्रम अप्रत्याशित छ। सगरमाथा आरोहणका लागि मानसिक र शारीरिक दुवै रूपमा तयार हुनुपर्छ । जब तपाईं सगरमाथा चढ्नुहुन्छ, त्यहाँ कम अक्सिजन हुनेछ, जसले तपाईंलाई बिरामी बनाउन सक्छ।

यससँगै सगरमाथामा जुनसुकै बेला अचानक भयानक आँधी आउन सक्छ। सगरमाथा आरोहण धेरै हप्ताको प्रक्रिया हो, जसका लागि सुरक्षाका लागि भारी समेत बोक्नुपर्दछ । पर्वतारोहण सम्बन्धी नियमावली संशोधनपछि मन्त्रीपरिषद्को बैठकले पास गरेपछि यो कार्यान्वयनमा जानेछ ।

सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले विश्व इतिहासमै पहिलोचोटि आठ हजार मिटर अग्लो हिमाल (अन्नपूर्ण) आरोहण गरे । त्यो आरोहणको सफलता संसारभरि चर्चाको विषय बन्यो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपाल संसारभरि हिमालयको देश भनेर चिनिन थाल्यो ।

त्यसपछि विश्वभरका सौखिन र साहसिक पर्वतारोही नेपालमा हिमाल आरोहण गर्न आउन थाले । नेपालको पर्वतीय पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु भएको मानिन्छ । अहिले पनि विदेशीका लागि देशको प्रमुख पर्यटकीय गन्तब्य हिमाल आरोहण नै बनेको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top