Nepal Times
Nepal Times
306
Shares

स्पेन पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

स्पेन पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

३० साउन, एजेन्सी।
स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो । ८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् ।तर स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो ।

८९ औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको हो ।त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.