रुसको क्यास्पियन सागरमा रहेको पम्प कसले उडाईदियो ?

३० साउन,एजेन्सी ।
दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा दुई बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा सोमबार राति विस्फोट भएको थियो। चिकित्सकलाई उद्धृत गर्दै एक रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।

विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । तस्बिरहरूले रातको आकाशमा आगो बलिरहेको देखाउँदछ र धेरै दमकलहरू घटनास्थलमा पुगेको देखिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अधिकारीहरूका अनुसार घटनास्थलमा करिब २६० जना आपतकालीन कामदारहरू खटाइएको छ। आगो ६०० वर्ग मिटर क्षेत्रमा फैलिएको बताइएको छ ।

रुसी अखबार इज्भेस्टियालाई उद्धृत गर्दै पेट्रोल स्टेशनको अगाडि रहेको कार पार्किङमा आगलागी भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुशार, ’विस्फोट पछि हामीले केही देख्न सकेनौं।’ दागेस्तान गणतन्त्र रूसी संघ र देश को दक्षिणी भाग को ८३ घटक भागहरु मध्ये एक हो। मखचकाका मास्को देखि लगभग १६ सय किमीको दूरीमा छ।

Advertisement

रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताएका छन् । इन्टरफ्याक्सले दागेस्तानी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै घाइतेमध्ये १३ बालबालिका रहेको बताएको छ । रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राम मेसेजिङ एपमा गम्भीर घाइतेलाई मस्को लैजान विमान मखाचकला पठाइएको जनाएको छ।

दागेस्तान प्रशासनका प्रमुख सर्गेई मेलिकोभले टेलिग्राममा सोमबार राति ९ः४० बजे विस्फोट भएको बताएका छन् । यस विषयमा छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ । घटनाको अवस्था पत्ता लगाउन फौजदारी मुद्दा दर्ता गरिएको समितिले जानकारी दिएको छ । मध्यरातमा भएको यो विस्फोटलाई युक्रेनबाट भएको आक्रमणसँग जोडिएर हेरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top