×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीपको केसमा भएन फैसला/‘गौशाला २६’की आमाको जन्ममिति पनि दुईवटा

३२ श्रावण २०८०

३२ साउन, काठमाण्डौ ।
नाबालिगलाई बलात्कार गरेको कसुर लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला आज पनि आउन सकेन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी परे पनि फैसला भएन। इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्ने आदेश गरेको छ।

न्यायाधीश खतिडवाले पीडित किशोरीकी आमाको जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन्। बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि उक्त जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका हुन्।

Advertisement

२०५३ सालको जन्ममिति भएको अवस्थामा नाबालिग रहेकै बेला पीडित भनिएकी बालिकाको जन्म भएको देखिएपछि आमाको जन्ममिति प्रमाणित गर्ने आदेश दिइएको हो। आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले बताएका छन् । सन्दीप विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर बिहीबार पेसी चढेकाले निरन्तरता पाउने बताइए पनि जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सुनुवाइ सकिएको छ।

अदालतबाट अन्तिम फैसला नआएका कारण सन्दीपको एसिया कपमा सहभागिता समेत अन्योलमा पर्दै आएको छ । अदालतले क्रिकेट खेल्नका लागि विदेश भ्रमणको अनुमति दिएपछि सन्दीप अहिले पनि क्रिकेट खेलिरहेका छन् । यही ३० अगस्टमा सुरु हुने एसिया कप क्रिकेटका लागि घोषित टिममा पनि लामिछाने रहेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top