×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीमाथि लगाए मेटमणिले गम्भीर आरोप

५ भाद्र २०८०

ओली यही वर्ष पक्राउ पर्ने मेटमणिको दाबी

५ भदौ, काठमाडौँ ।

Advertisement

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गरेका हुन् । उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए ।

चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए । उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको आरोप लगाए ।

उनले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।

Advertisement

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गरे ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top