नेपालको खेल अघि मोन्टी देशाईले किन सचिनलाई सम्झिए ?

११ भदौ,काठमाण्डौ ।
नेपालले एसिया कपमा आयोजक तथा विश्व नम्बर एक पाकिस्तानसँग बुधबार पहिलो खेल खेल्दैछ । यसको अन्तिम तयारीमा नेपाल पाकिस्तानमा अभ्यास खेल खेलिरहेको छ । नेपालको खेल अघि मुख्य प्रशिक्षक मोन्टी देशाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु अघि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरलाई सम्झिएका छन् ।

एसिया कपको तयारीको लागि पाकिस्तानमा रहेका मोन्टीले पाकिस्तानसँग खेल्नुअघि सचिन तेन्डुलकरलाई सम्झिएका हुन् । पाकिस्तानको प्रसिद्ध क्रिकेट रंगाशाला कराँचीमा अभ्यासपछि मोन्टीले सामाजिक सञ्जाल मार्फत सचिनलाई सम्झिएका छन् । ‘म एक गौरवान्वित भारतीय र विश्व क्रिकेटको महान टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा निभाउँदै छु ।

मेरो लागि भारतले र सम्भवत विश्व क्रिकेटले नै पाएको सर्वोत्कृष्ट खेलाडीले १६ वर्षको उमेरमा डेब्यु गरेको मैदान (कराँची) मा उभिन पाउनु गर्वको विषय हो’, मोन्टीले लेखेका छन् । सचिनले १६ वर्षको उमेरमा सन् १९८९ नोभेम्बरमा कराँची रंगाशालामा पाकिस्तानविरुद्ध टेस्ट टोलीमा डेब्यू गरेका थिए । सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर हुन् । सचिनको डेब्यू टेस्टमा १५ रन बनाएका थिए ।

तर अर्को २४ वर्षमा उनले कीर्तिमान माथि कीर्तिमान बनाउन सफल भए । उनले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन, म्याच, शतक र अर्धशतक बनाएका थिए। सचिन १० हजार ओडीआई रन, २० ओडीआई शतक, १२ हजार टेस्ट रन, ४० टेस्ट शतक, १७० टेस्ट, ४५० ओडीआई र एकै ओडीआईमा २ सय हिट गर्ने पहिलो खेलाडी समेत हुन् ।

मोन्टी गत माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नियुक्तसँगै नेपाली क्रिकेटले जादुमयी प्रर्दशन गर्दै ओडिआई मान्यता बचाएको थियो । ओडिआई मान्यता सोझै जोगाउन आइसिसी विश्वकप लिग २ का अन्तिम १२ मध्ये ९ खेल आवश्यक थियो ।

तर मोन्टीको प्रशिक्षणमा नेपालले १२ मध्य ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो । त्यस्तै एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । मोन्टीको प्रशिक्षणमा नेपालले विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । एसिया कपमा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने अपेक्षा गरिएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top