बार्सा र भिल्लारियलको खेलमा गोलको वर्षा

११ भदौ, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले भिल्लारियल माथि रोमाञ्चक जित हासिल गरेको छ । बार्सिलोनाको ४–३ को जितमा गाभी, फ्रेंकी डी योङ, रोबर्ट लेवान्डोस्की र फेरान टोरसले १–१ गोल गरे । भिल्लारियलका लागि जुआन फोइथ, अलेक्जेन्डर सर्लठ र एलेक्स बाएनाले १–१ गोल गरे ।

खेलको ७१ औं मिनेटमा रोबर्ट लेवनडोस्कीले गरेको गोल बार्सिलोनाका लागि निर्णायक बन्यो । भियारियालको मैदान एल माड्रिगलमा सम्पन्न खेलमा १५ मिनेटमै २–० को अग्रता बनाएको थियो । तर, घरेलु टिमले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफमा खेललाई २–२ को बराबरीमा ल्याएको थियो । दोस्रो हाफको सुरुआतमै पुनः गोल गर्दै भियारियालले ३–२ को अग्रता बनाएको थियो ।

तर, यसपछि बार्सिलोनाले दुई गोल थप्दै कठिन तीन अंक निश्चित ग¥यो । १२औँ मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा फ्रायंकी डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २६औँ मिनेटमा युआन फोयुथले गोल गर्दैै भियारियाललाई २–१ को स्थितिमा ल्याए ।

४०औँ मिनेटमा एलेक्सान्ड्रर सोर्लोथले गोल गरेपछि भियारियाल खेलमा फर्किएको थियो । ५०औँ मिनेटमा एलेक्स बाइनाको गोलमा भियारियालले पाहुना टिमविरुद्ध ३–२ को अग्रता बनाएको थियो । ६८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–३ को बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि लेवान्डोवस्कीले गरेको गोल निर्णायक बनेपछि बार्सिलोनाले जित निश्चित ग¥यो । जितसँगै तीन खेलबाट सात अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको भियारियाल १३औँ स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top