प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१२ भदौ ,काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।तीन दिनदेखि स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

सोमबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top