×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापादेखि गोरखासम्मै बाढीको जोखिम/आज कहाँ कहाँ पर्दैछ पानी ?

१२ भाद्र २०८०

१२ भदौ, काठमाण्डौ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायतका क्षेत्र भएर बग्ने ससाना नदीहरुमा आज बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा गएराति पानी परेकाले नदीहरुमा जलसतह केही बढ्न सक्ने महाशाखाले जनाएको हो ।

त्यसकारण सो क्षेत्रका नदी आसपासमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । यस्तै गोरखाको बारपाक र लमजुङ क्षेत्रमा पहिरोको जोखिम छ । मकवानपुर, चितवन, नवलपरासीको केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । चितवनको देवघाट, रामपुर आसपास भने ठूलो पानी परेको छ ।

Advertisement
Advertisement

नारायणगढ–मुग्लिङ सडक खण्ड आसपासका खहरे खोलामा आकस्मिक बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । तर अहिले नारायणगढ–मुग्लिङ सडकमा सामान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, बुटवलको तिनाउ नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा आज बिहानसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top